Rule 18
सञ्चय कोष
(१) प्रतिष्ठानमा स्थायी नियुक्ति पाएको बालकको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टा गरी सो रकममा प्रतिष्ठानले शत प्रतिशत रकम थपी सञ्चय कोषको रूपमा बालकको नाममा उपनियम (२) बमोजिम जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको रकम जम्मा गर्न प्रत्येक प्रतिष्ठानको व्यवस्थापकले आकयर ऐन, २०५८ अनुसार स्वीकृत अवकाश कोषमा आफ्नो प्रतिष्ठानमा कार्यरत बालकको नाममा खाता खोल्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै बालकको नाममा जम्मा रहेको सम्पूर्ण रकम प्रतिष्ठानको सेवाबाट अवकाश नपाई झिक्न पाइने छैन ।
(४) कुनै बालकको सेवा अवधिभित्र मृत्यु भएमा निज बाललको संचय कोषको रूपमा जम्मा रहेको रकम निज बालकले इच्छाएको व्यक्ति भएमा सोही व्यक्तिलाई र निजले इच्छाएको व्यक्ति नभएमा वा निजले इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा निज मृत बालकको परिवारका सदस्यहरूमध्ये सबैभन्दा नजिकको हकवालाले पाउनेछ । त्यस्तो हकवाला एकभन्दा बढी भएमा त्यस्तो रकम सबै हकवालाले दामासाहीले पाउने छन् ।
(५) यस नियम बमोजिम सञ्चय कोषको रूपमा जम्मा रहेको रकमबाट प्रतिष्ठानको विनियम अनुसार बढीमा पचास प्रतिशत रकमसम्म सम्बन्धित बालकले ऋण लिन सक्नेछ ।
यसरी बालकले लिएको ऋण रकम चुक्ता नभएसम्म त्यस्तो बालकको पारिश्रमिकबाट मासिक एक चौथाई रकम कट्टा गर्नु पर्नेछ ।
(६) कुनै बालकले उमेर पुगेपछि पनि प्रतिष्ठानको सेवालाई निरन्तरता दिएमा त्यस्तो बालकले यस नियमावली बमोजिम सञ्चय कोषको रूपमा जम्मा गरेको रकम कायमै राखी प्रचलित कानुन बमोजिम निजको तर्फबाट सञ्चय कोष कट्टा गर्नु पर्नेछ ।